लम्की – कैलालीको लम्कीमा बिहीबार देखि टिभिएस कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ । लम्कीमा आज पत्रकार सम्मेलनको आयोजना गरी सोरुम संचालनमा आएको जानकारी दिईएको हो ।
जानुका एण्ड सन्सले सञ्चालनमा ल्याएको शोरुममा टिभिएस ब्राण्डका मोटरसाईकल र स्कुटरहरु उपलब्ध रहेको शोरुमका सञ्चालक संजय बुढाथोकीले जानकारी दिए ।
सञ्चालक बुढाथोकीले विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको समेत जानकारी दिएका छन् । उनले अहिले ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा टिभिएसका मोटरसाईकल तथा स्कुटरहरु उपलब्ध समेत जानकारी दिएका छन् ।
शोरुमा मोटरसाईकल स्कुटर विक्री, पाटपुर्जा र मर्मत सम्भारका सेवाहरु उपलब्ध हुनुका साथै, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल ल्याएर टिभिएसको नयाँ मोटरसाइकल प्राप्त गर्न सकिनेछ । यसरी एक्सचेन्ज गर्दा कम्पनीले १० हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने सञ्चालकले जानकारी दिए ।
त्यस्तै माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको जगदम्बा मोर्टसका जगदम्बाका सुदुपश्चिम क्षेत्रीय प्रमुख सन्तोष पारिकले जानकारी दिए ।

शोरुममा अपाच्चे १६० सिसी, १८० सिसी, २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइकर १२५ सिसी र स्टारसिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी मोटरसाइकल तथा स्कुटर सेगमेन्टमा ११० सीसीका जुपिटर, विगो, जेस्ट उपलब्ध छन्।
टिभिएसका स्मार्ट कनेक्सन भएका मोटरसाइकल र स्कुटी बजारमा आएका छन् । त्यसले फोन, म्यासेजदेखि लोकेसन देखाउँछ । देशभरमै सबैभन्दा धेरै बिक्री भएको एन्ट्रो १२५ सीसी स्कुटी पनि टिभिएसकै रहेको छ ।
दुई पांग्रे सवारी साधानको नेपाली बजारमा टिभिएसको १७।२९ प्रतिशत बजार हिस्सेदारी रहेको छ । टिभिएसलाई नेपालमा जगदम्बा मोटरर्सले सन् २०१५ देखि विक्रि वितरण गर्दै आएको छ । नेपालमा हाल सम्म यस कम्पनीका एक सय ३३ भन्दा बढि आधिकारिक बिक्रेताहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय