जानकी गाउँपालिकामा कार्यरत अस्थायी,करार ज्यालादारी कर्मचारीहरुको भेलाले जानकी गाउँपालिका वडा नम्बर ९ का वडा सचिब प्रेम बहादुर बुढाको अध्यक्ष्यतामा १७ सदस्यि जानकी गाउँपालिका स्थानिय तह अस्थाई करार कर्मचारी हकहित मञ्च गठन गरिएको छ । जसको उपाध्यक्षमा वडा नम्बर ४ का वडा सचिब पुर्ण बहादुर बिष्ट र सुचना प्रविधि अधिकृत जसोदा कठरिया, सचिबमा लेखाशाखा भरत बहादुर थापा,कोषाध्यक्षमा आधारभुत स्वास्थय केन्द्र लायकपुर टंकु भण्डारी,सहसचिबमा न्यायिक शाखाका नेत्रप्रसाद जैशी र सदस्यहरुमा रोजगार शाखा तप्त अधिकारी,योजना तथा पूर्वाधार राम कृष्ण चौधरी,राजश्व शाखा गंगाराम चौधरी,जानकीनगर स्वास्थ्य चौकी कमल ढुंगाना, पन्जिकरणशाखा सागर कठरिया,सहकारी शाखा रामप्रसाद चौधरी,कृर्षि शाखाका प्रियंका चौधरी, सवारी चालकहरबाट रामलाल चौधरी, कार्यालय सहयोगी हरु बाट जगदिश चौधरी र चौकीदारहरु बाट राम बहादुर रावल रहेका छन ।

भेलाले जानकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब गणेश बहादुर थापाको संयोजकत्वमा ५ सदस्यि सल्लाहाकार समिति समेत गठन गरेको छ । जसको सदस्यमा न्यायिक शाखाका खेम बहादुर कठरिया, रोजगार शाखा विश्राम चौधरी, बक्लौवा आधारभुत स्वास्थय केन्द्रका उर्मिला रावल र पशुसेवा शाखाका एशिश चौधरी रहेका छन । भेलाको समापन गर्दै मन्चले गाउँपालिकामा कार्यरत अस्थायी,करार ज्यालादारी कर्मचारीहरुको हकहितका लागि गाउँपालिकामा आवज बुलन्द गर्ने त्यसका लागी सम्पुर्ण कर्मचारीहरु एकजुट भएर यस अभियानमा लाग्न आग्रह गर्नुभयो । भेलालाई स्थानिय तह अस्थाई करार कर्मचारी हकहित मञ्च सुदुरपश्चिम प्रदेसका सहसचिब दिपेश बजगाईले सहजिकरण गर्नुभएको थियो । मन्चको बैठक २०७८ भदौ ३१ गते दिउँसो ३ बजे दुर्गौली स्वास्थय चौकी हलमा बस्ने मञ्चका सचिब भरतबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय