नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई दिइनन् । निर्वाचन आयोजले वोलाएको सनाखतमा मन्त्री शाक्य अनुपस्थीत भईन । सो समयमा शाक्य ओली समुहको वैठकमा व्यस्त थिईन ।

अध्यक्ष ओलीलाई साथ दिएपछि शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा भदौ २ गते राति संसदीय दलको नेता चयन गरिएको थियो । शाक्य प्रदेशसभामा बहुमतप्राप्त दल नेकपा एमालेको संसदीय दलको नेताको रुपमा संविधानको धारा १६८ ९१० अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

तर नेकपा एमाले छाडेर नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । माधव नेपाललाई साथ दिँदै वाग्मती प्रदेशसभाका पनि कतिपय सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् ।

वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।
संविधानअनुसार सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।

नयाँ दल दर्ता भएको औपचारिक पत्र प्रदेशसभामा भने आइसकेको छैन । एमालेबाट सामाजिक विकास मन्त्री समेत रहेका कृष्णप्रसाद शर्मा खनाल, राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल नेकपा समाजवादीको रुपमा खुलिसकेका छन् ।

दल विभाजन अध्यादेश अनुसार कुनै दल विभाजित भई बनेको नयाँ दल रोज्ने सांसदले दल दर्ता भएको २१ दिनभित्र निवेदन दिनुपर्नेछ । बुधबार नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि २१ दिनसम्म प्रदेशसभा सदस्यले दल रोज्न पाउनेछन् । वाग्मती प्रदेशसभामा यो पार्टीमा कति सांसद हुनेछन् भन्ने टुंगो लाग्न भने २१ दिन कुर्नुपर्नेछ ।

वाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये ओली पक्षका ३४ र नेपाल पक्षका २२ सांसद थिए । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

केन्द्रमा कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एउटै गठबन्धनमा भएका कारण प्रदेशमा पनि सोही गठबन्धन हुने निश्चित छ । कांग्रेस र माओवादी एमालेसँग नमिल्दा साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री शाक्य भने पदमा रहेर आइपर्ने सम्पूर्ण समस्या बुझेर अघि बढ्ने बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय