धनगढीः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टी दुई समूहमा विभाजित भएको छ। यसअघि जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएपछि जनमोर्चा विभाजित भएको हो।

प्रदेश अध्यक्ष नन्दलाल भट्ट समूहलाई हटाएर नयाँ कमिटी गठन गरिएको धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ। धनगढीमा भएको दुईदिने प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

नयाँ कमिटिको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आर्चाय, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका छन् । सदस्यहरुमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण बिक, बिक्रम विश्वकर्मा, गोरबहादुर बिक, निरु बिक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमबिक्रमचन्द, लालबहादुुर जाग्री चयन भएका छन्।

सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उधव ऐर रहेका छन्। तर राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम अध्यक्ष नन्दलाल भट्टले भने पार्टीको विधान र अनुशासन विपरीत नयाँ कमिटी गठन गरिएकाले त्यो अवैध रहेको बताका छन्। उनले पार्टी अनुशासनको उल्लंघन गर्नेहरुले कुनै अन्य पार्टीमा प्रवेश गर्ने उद्देश्यअनुसार कमिटी गठन गरेकाले पार्टीलाई त्यो कुरा मान्य नहुने बताए।

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पनि एक प्रेस वक्तव्य जारी गर्दै नयाँ कमिटी र धनगढीमा गरिएको भेला अवैध भएको वतएका छन्। उक्त भेला र कमिटी अवैध भएको बताउदै खारेज गरिने उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय