काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । ्राष्ट्रपती भवन शितल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको वताईएको छ । यस वाहेका अन्य के विषयमा कुराकानी भएको हो भन्ने विषयमा जानकारी दिइएको छैन ।

राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालका अनुसार राष्ट्रपति र प्रमुख प्रतिपक्षी दलका नेताबीचको भेटबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

राष्ट्रपति भण्डारीले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई यसरी भेटेकी थिइनन् । राष्ट्रपतिले राज्यको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीबाट नै मुलुकको नियमित कामकारवाहीका सबै सूचना र जानकारी लिने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रपति–प्रधानमन्त्री भेट सामान्य र स्वभाविक मानिन्छ ।

संविधानको धारा ८१ मा प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित अद्यावधिक गराउनुपर्ने विषयको सूची नै राखिएको छ । मन्त्रिपरिषदका निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, यी विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण अनि नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीबाट जानकारी लिनुपर्छ ।

त्यसैले राज्यको प्रमुख व्यक्ति राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री बीचको भेटघाटलाई नियमित र स्वभाविक मानिन्छ ।

तर, यहाँ राष्ट्रपति र प्रमुख विपक्षी दलको नेता बीचको भेटघाटका सम्बन्धमा अहिलेसम्म राष्ट्रपति कार्यालय र विपक्षी दलको नेताको सचिवालय कसैले पनि औपचारिक रुपमा केही बताएका छैनन् । राष्ट्रपतिलाई भेट्नुपर्ने परिभाषित जिम्मेवारीमा नरहेका विपक्षी नेतासँग राष्ट्रपतिको के कुरा भएको हुनसक्छ यो आम चासोलाई शीतलनिवास र विपक्षी दलका नेताको सचिवालयले केही उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय