सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई आजै शपथ गराईएको छ ।

सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएको थियो ।

चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाश शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

केन्द्रको निर्णय विपरीत मन्त्री फिर्ता नगर्ने अडानकाबीच एमाले प्रदेश संसदीय दलको माधव पक्षले उल्टै मन्त्री थपेको हो । संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय