लम्की/ सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्किमा रहेको सनराईज वैङ्कले शुक्रवार लम्किचुहा नगरपालिकाको स्वास्थ्य शाखा अन्र्तगत रहेको लम्की चुहम अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामाग्रि प्रदान गरेको छ ।
कोरोना महामारिले स्थिती ठप्प रहेको र फिल्डमा गएर काम गर्न स्वास्थकर्मी र प्रहरिलाई सहयोग पुगोस् भन्ने उदेश्यले स्वाथ्य सामाग्रि वितरण गरिएको सनराईज वैङ्क लिमिटेड लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिनुभयो ।

वैङ्कले लम्किचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्की लाई पिपिई सेट,ग्लोव्स, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गरीएको हो । शाखा प्रवन्धक खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र इृलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाह लाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । वितरण गरिएका स्वाथ्य सामाग्रिले आफुहरुलाई फिल्डमा जान सहज हुने भन्दै सहयोगका लागि वैङ्कलाई लम्की चुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीले धन्यवाद दिएका छन् । सामाजीक उत्तरदायित्व अन्र्तगत यस अघी पनी सनराईज वैङ्कले यस क्षेत्रमा विभिन्न समाजिक काममा सहयोग गर्दे आईरहेको छ भने आगामी दिनमा पनी यस्ता समाजिक कार्य र सहयोगको कार्यक्रमलाई निरन्तरता दिईने शाखा प्रवन्ध मातृका खड्काले वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय