युवराज न्यौपाने, लम्की
२०७८ जेठ १२ गते साझ ६ वजे
स्थान : मोतीपुर चोक ( स्थानिय प्रत्यक्षदर्शीको भनाई )
जेठ १२ गते साँझ करीव ६ वजेको समयमा ईलाका प्रहरी कार्यालय लम्कीको भ्यान मोतीपुर चोकमा साईरन वजाउदै रोकिन्छ । चोकैमा रहेको रेग्मी मोवाईल ग्यालरीको घर भित्र वाहिर गर्ने सानो ग्यालरीको सटर खुलै रहेको अवस्थामा प्रहरीले वन्द गर्न आग्रह गर्छ । तर घर भित्र रहेको पसलमा संचालक गणेश रेग्मीले प्रहरीको भनाई सुन्दैनन । नजिकै रहेका प्रत्यक्षदर्शीको भनाई अनुसार त्यसपछी प्रहरी आफै आएर ग्यालरीको सटर वन्द गर्छ । अनि वन्द रहेको ठुलो सटरमा लाती र लाठ्ठीले प्रहार गर्छ । पालैपालो गस्तीमा रहेका अन्य प्रहरीले पनी सटरमा लाठी प्रहार गर्छन । यी सवै दृश्य सोही मोवाईल ग्यालरीको छेउमै रहेको एक मेडिकलमा आफ्नो औषधी खरीद गर्न आएका लम्की चुहा नगरपालीकका नगर प्रमुख महादेव वजगाईले देखिरहेका हुन्छन् । प्रहरीले सटरमा प्रहार गर्न थालेपछी नगर प्रमुखले प्रहरीलाई सम्झाउन खोज्छन र प्रहरीले पनी आफ्नो डिउटी गरीरहेको भन्दै प्रतिवाद गरेपछी गस्तीको नेतृत्व गरीरहेका ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरिक्षक रेवन्त वोहोरा र लम्की चुहा नगरपालीकका नगर प्रमुख महादेव वजगाई विच भनाभन हुन्छ र नगर प्रमुख वजगाईले जनतामाथि किन अत्यचार गरेको भन्दै प्रहरी माथि आक्रोस पोख्छन । मोतीपुरमा वुधवार साँझ भएको घटनाको विवरण यही हो ।

लम्की चुहा नगरपालीकका नगरप्रमुख महादेव वजगाईले घरमा वसीरहेका नागरीक माथि प्रहरीले अत्यचार गरेपछी वाध्य भएर आफुले आक्रोस पोखेको वताएका छन् । खप्तड लाईभ संग कुरा गर्दे वजगाईले सटर वन्द रहेको अवस्थामा विनाकारण प्रहरीले दुव्र्यावहार गरेको भन्दै सम्झाउदा उल्टै आफुमाथि प्रहरीले प्रतिकार गरेको वताएका छन् । गत वर्षको लकडाउन देखि नै आफु कडाईका साथ यसको पालना गराउन कट्टीवद्ध रहेको भन्दै नगरप्रमुख वजगाईले प्रहरीले पनी संयमीत भएर जनता संग समन्वयकारी भुमिका निर्वाह गर्नु पर्ने वताएका छन् । निषेधाज्ञा लाई कडाईका साथ पालना गर्नु आम नागरीकको कर्तव्य हुने भन्दै उलंग्घन गर्ने जो कोहिलाई पनी कानुनी कारवाही गर्नु पर्नेमा दुई मत नरहेको तर वुधवारको प्रहरीको व्यावहार गलत भएको उनको भनाई छ । नगरपालीकाले निषेधाज्ञा पालना गर्न प्रहरीलाई निरन्तर सहयोग गरीरहेको भन्दै उनले यस पटक पनी नगरपालीकाले प्रहरीलाई गस्तीका लागी दुई वटा गाडी र अन्य स्वास्थ्य सामग्री निरन्तर प्रदान गरीरहेको वताएका छन् । रेग्मी मोवाईल ग्यालरीका संचालक गणेश रेग्मीले आफ्नो सटर वन्द रहेको र आफु सोही घरमा वस्ने गरेको भन्दै आफुहरुले भित्र वाहिर गर्ने सानो ग्यालरी खुला रहेको अवस्थामा प्रहरीले दादागिरी शैलीमा सटरमा प्रहार गरेका वताएका छन् । आफुहरु सोही घरमा वस्ने गरेको भन्दै रेग्मीले पसल वन्द गरेको र आफु घर भित्रै रहेको अवस्थामा प्रहरीले एक्कासी आएर सटरमा लाठी र वुटले प्रहार गरेको वताएका छन् । आफुले पसलको सटर वन्द गरेको र घर भित्र वाहिर गर्न ग्यालरीको सानो सटर आधा मात्रै खुला राखेको वताएका छन् । घटनाका प्रत्यक्षदर्शी तथा मेडिकल संचालक महेश विष्टले सटर वन्द रहेको अवस्थामा प्रहरीले एक्कासी आएर सटरमा प्रहार गरेको वताएका छन् । प्रहरीलाई नगर प्रमुखले वन्द रहेको सटमा किन प्रहार गरेको भन्दै सम्झउन खोज्दा नमानेपछी दुई पक्ष विच भनाभन भएको विष्टले वताए । वन्द रहेको सटमा एक्कासी आएर प्रहरीले प्रहार गर्नु गलत भएको भन्दै विष्टले जनताको सेवामा खटीएको प्रहरीले संयमीत हुनुपर्ने वताएका छन् । यस ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक भरत शाहले भने आफुहरुले जिल्ला प्रशासान कार्यालयको आदेश कार्यान्वयन गरीरहेको वताएका छन् । पसल खुल्ला रहेको सुचना पाएपछी प्रहरीको टोलीले पसल वन्द गर्न आग्रह गरेको र नमानेपछी वाध्य भएर आफुहरुले वन्द गराएको शाहले वताए । निषेधाज्ञाको पालना गर्नु आम नागरीकको दायित्व रहेको भन्दै प्रहरी निरक्षक शाहले उलंघन गर्ने जो सुकैलाई पनी कारवाही गरीने वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय