नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । वुधवार वसेको एमाले संसदीय दलको वैठकले तत्काल सरकार लाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले को तर्फवाट मन्त्रीरहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।
केहि दिन अघि वसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो । तर सुदुरपश्चिम सरकारमा रहेका मन्त्रीहरुले भने केन्द्रको स्थाई समितिले गरेको निर्णय आफुहरुले नमान्ने वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय