लम्की जेठ १
भखैरै स्थापना भएको मैनादेवि फाउन्डेसनले शनिवार कैलालीको लम्की चुहा अस्पतालमा २५ थान अक्सीजन सिलिन्डर प्रदान गरेको छ । कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले शुरु गरेको किसान अक्सिजन बैंक मार्फत फाउन्डेसनले अक्सिजन सिलिन्डर वितरण गरेको हो । कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा अकालमा ज्यान जान नदिन सहकारीले शुरु गरेको किसान अक्सिजन बैंकको मार्फत आफुहरुले अक्सीजन वितरण गरेको फाउन्डेसनका प्रमुख तथा समाजिक अभियान्ता के पी खनालले जानकारी दिनुभयो । अभियन्ता खनालले अहिले देशभरीका अस्पतालमा सिलिन्डरको अभाव कायम रहेको भन्दै आफुहरुको यस अभियानले थोरै भएपनी अक्सीजनको अभद्धावमा छटपटाइरहेका विरामीहरुलाई राहात पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो अभियानलाई आगामी दिनमा निरन्तरता दिने समेत उहाँले जानकारी दिनुभयो । यस अघि किसान सहकारी संस्थाले मंगलवार लम्कि चुहा अस्पतालमा १० थान नया सिलिन्डर र ३२ थान पुराना सिलिन्डर मा अक्सिजन भरेर प्रदान गरेको थिया । देशभरि सिलिन्डरको अभाव रहकोले नया सिलिन्डर खरिद गर्न समस्या भएकोले खालि सिलिन्डर लाई रिफेल गरेर वितरण गरिरहेको किसान सहकारीका संचालक मनिष न्यौपानेले जानकारी दिनुभयो ।
सहकारीले अक्सिजन बैंकमा आफ्नो तर्फबाट ४० थान अक्सिजन सिलिण्डर जम्मा गर्दै सहयोगका लागि विभिन्न व्यक्ति, संघ, संस्था तथा निकायहरुलाई अपिल समेत गरेको छ । विभिन्न व्यक्ती तथा संस्थाहरुवाट अक्सीजनका खरीदका लागी सहयोग समेत प्राप्तद भईरहेको उहाँले वताउनुभयो ।
कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्कीचुहा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन बैंकको स्थापना गरेर अभियान शुरुवात गरिएको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताउनुभएको छ । यो स्वयम्सेवी अभियान भएकोले यसमा जोडिन सबैलाई अपिल समेत गरिएको छ । अस्पतालहरुमा आवश्यकताका आधारमा अक्सिजन सिलिण्डर उपलब्ध गराइने शाहले बताउनुभयो । अक्सिजनको अभावमा कोरोना संक्रमितहरुको उपचारमा समस्या भएपछि किसान सहकारि संस्थाको पहलमा या अभियान शुरुवात गरेकोले सवै व्यक्ति र संस्थालाई सक्दो सहयोग गरिदिन संस्थाले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय